

काठमाडौं। पोखरा महानगरपालिकाले ज्यान गुमाइसकेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको उल्लेख छ । प्रतिवेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत ज्यान गुमाइसकेकालाई पोखरा महानगरपालिकाका १० वटा वडामा भत्ता निकासा गरेको उल्लेख गरेको छ । सामाजिक सुरक्षा कार्यविधि २०७७ को दफा १५ ९२० २ मा भत्ता खाइपाइ आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिइ बाँकी रकम फिर्ता गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्न पोखरा महागनरपालिकालाई निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा महनगरपालिकाका निवर्तमान मेयर मानबहादुर जीसीले आफू निर्वाचित भएको पहिलो दिन सामाजिक सुरक्षा भत्तामा थप १० प्रतिशत थप गर्ने निर्णय गर्नुभएको थियो । त्यसै अनुसार पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा सहायता थप शीर्षकमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरी मासिक २ सय थप गरी ३ करोड ६४ लाख २४ हजार रुपैयाँ भुत्तानी गरी व्ययभार बढाएको उल्लेख छ । महालेखाको प्रतिवेदनको ६ सय ६८ पेजमा यसबारेमा उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १५ ९२ ० मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि सङ्घीय सरकारबाट प्राप्त भत्ता रकममा स्थानीय सरकारले आफ्नो कोषबाट कुनै पनि रकम थप गरी प्रदान गर्न नसकिने व्यवस्था छ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७