

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित समाचार संस्थाका रूपमा विकास गरोस् भनी शुभकामना दिनुभएको छ । राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना दिँदै मन्त्री कार्कीले नेपालमा छ दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी समाचारको मुहानका रूपमा सेवा गर्दै आएको राससले आफूलाई नेपालमा मात्र नभएर दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्री कार्कीले मुलुकका सञ्चारमाध्यमहरूलाई समाचार सेवा प्रदान गर्दै आएको समाचार प्रदायक समाचार समिति राससको नेपालको पत्रकारिताको इतिहासमा अलग्गै पहिचान रहेको बताउनुभयो । सो शुभकामना सन्देशमा मन्त्री कार्कीले राससले समाचार प्रदायक संस्थाका रूपमा आफूलाई समयानुकूल विकास गर्दै द्रूतरूपमा विकास भएको सूचना प्रविधिअनुरुप आफ्ना सेवाहरूमा विविधिकरण गरी समयानुकूल परिमार्जन र सुधार गर्दै लैजानुपर्ने सुझाव दिनुभयो ।
सन्देशमा उहाँले भन्नुभएको छ ‘‘अहिलेको सूचना र प्रविधिको युगमा राससले समयको मागअनुुसार आफू र आफ्ना सेवाहरूलाई प्रभावकारी र गतिशील बनाउँदै लैजानुपर्छ ।’’ मन्त्री कार्कीले राससले आजदेखि सुरु गर्न लागेको भिडियो सेवाबाट नेपालका टेलिभिजनसहित सबै ‘डिजिटल मिडिया’ लाभान्वित हुन सकुन् र यस सेवा राससमा दिगो र प्रभावकारी बन्न सकोस् भनी कामना गर्नुभएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७