TRENDING
होमपेज
आजबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना


काठमाडौं। आज साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा सङ्कलन गर्ने भएको छ। महानगरले हिजो सूचना जारी गर्दै आइतबार र बुधबार कुहिने साथै सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गर्ने बताएको छ। हिजो मात्रै महानगरका मेयर बालेन्द्र शाहले घरदैलो सचेतना कार्यक्रम आयोजना गरेर फोहोरलाई घरैबाट छुट्याउन आग्रह गरेका थिए। अब वर्गीकरण नगरिएका फोहर, फोहर बोक्ने गाडीसम्म ल्याएमा पुनः घरमा नै फर्काइने छ। यस्तै प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ)अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गराउने महानगरले जनाएको छ।
यस्तै महानगरले प्लाष्टिकको झोलाको साटो कपडा वा कागजको झोला प्रयोग गर्न पनि अनुरोध गरेको छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७