

काठमाडौं । नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितले काठमाडौंका वर्तमान मेयर वालेन्द्र साह (बालेन) लाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् । केही दिन अघि आफ्नो निवासमा पुगेका हालका मेयर साह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् । ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ र्पुयाउँदैन,’ स्थापितले भनेका छन, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन । मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो ।’
स्थापितका अनुसार मेयर साह मिडियाका लागि भेटन आएको जस्तो देखिन्थे । ‘ यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु । मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु ।’
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७