

काठमाडौं। ‘कबड्डी ४ द फाइनल म्याच’ ले आज प्रदर्शनको ५१ औं दिन मनाउँदैछ । ‘कबड्डी ४’ राम बाबु गुरुङद्वारा निर्देशित नेपाली रोमान्टिक कमेडी चलचित्र हो । ‘कबड्डी ४’ ३ करोड बजेटमा बनेको थियो । यसै कारण कबड्डी ४ लाई नेपालमा बनेको सबैभन्दा महंगो भनिएको छ । २७ मे का दिन रिलीज फिल्मले नेपाली बक्स अफिसमा धेरै रेकर्डहरु राखेको छ ।
‘कबड्डी ४’ नेपाली सिनेमामा सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ । ‘कबड्डी ४’ को कमाईको कुरा गर्ने हो भने यसले भारतीय फिल्म बाहुबली २ को नेपाली बजारमा राखेको रेकर्ड तोड्ने संकेत देखाइसकेको छ । बाहुबली २ ले नेपाली सिने बजारमा रु २३ करोड कमाएको थियो । ‘कबड्डी ४’ ले ४२ दिनसम्मको घरेलु बक्स अफिसलाई आधार मान्ने हो भने २२ करोड ७३ लाख रुपैयाँको ब्यापार गरिसकेको छ । यस अर्थ बाहुबलीले राखेको रेकर्डलाई ‘कबड्डी ४’ ले कुनै पनि समय तोड्न सक्ने देखिएको छ ।
चलचित्र ‘कबड्डी ४’ मा दयाहाङ राई ,सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ र विजय बरालको मुख्य भूमिका रहेको छ । ‘कबड्डी ४’ हाल बिभिन्न देशहरुमा प्रर्दशन भईरहेको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७