

काठमाडौं । आगामी १६ अक्टोबरबाट अस्ट्रेलियामा शुरु हुने टी-२० विश्वकपमा स्थान बनाउने सबै १६ टोलीको तय भएको छ। आईसीसी टी-२० विश्वकपमा भाग लिने अन्तिम दुई टोलीको शुक्रबार २०२२ मा सहभागी हुने सबै टिमको टुंगो लागेको छ। जिम्बावेमा जारी विश्व छनोट समूह ‘बी’ बाट जिम्बावे र नेदरल्यान्ड्सले सेमिफाइनलमा स्थान बनाएसँगै विश्वकप छनोट हुने सबै टोलीको तय भएको हो। शुक्रबार जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले पराजित गर्दै विश्वकपमा स्थान बनाउँदा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हराउँदै विश्वकपमा स्थान बनायो। प्रतियोगिता आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुनेछ। प्रतियोगितामा १६ टोलीबीच ४५ खेल हुनेछ।
नेपालले पनि गत वर्ष ओमानमा भएको छनोटमा भाग लिएको थियो तर सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल विश्वकप २०२२ मा छनोट हुन असफल भएको थियो।
समूह ए
नामिबिया, श्रीलंका, युएई, जिम्बावे वा नेदरल्यान्ड्स
समूह बी
आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे वा नेदरल्यान्ड्स
सुपर १२ समूह १
अफगानिस्तान, अस्ट्रेलिया, इङल्यान्ड, न्युजिल्यान्ड, समूह ए विजेता, समूह बी उपविजेता
सुपर १२ समूह २
बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, समूह बी विजेता, समूह ए उपविजेता
पहिलो चरणमा समूह ए र बीका खेल हुनेछन्। दुवै समूहका शीर्ष दुईदुई टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ अन्तर्गत दुई समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७