

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । शनिबार नयाँ दिल्लीमा उनीहरूबीच भेटवार्ता भएको हो । विदेशमन्त्री जयशंकरले ट्विट गर्दै प्रचण्डलाई स्वगत गर्न पाउँदा खुशी लागेको बताएकाछन् ।
दुई छिमेकी देशबीचको सम्बन्धलाई सुदृढ बनाउन र विशेषगरी आर्थिक सहकार्य गर्नेबारेमा छलफल भएको जयशंकरले बताएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ। आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ,’ जयशंकरले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्घिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ।’
आजै प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नेछन्। त्यस्तै भोलि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यतालिका छ। प्रचण्ड भाजपाका अध्यक्ष नड्डाको निमन्त्रणामा शुक्रबार भारत पुगेका हुन्। उनी प्रधानमन्त्री मोदीसँग भेटवार्तागरेपछि स्वदेश फर्किनेछन्।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७