TRENDING

एमाले अध्यक्ष ओलीले दिए बालेनलाई तबला उपहार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए। ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि महानगरको निर्वाचनका बेला पनि बालेनले ओलीलाई भेटेका थिए। यसपटकको भेटमा ओलीले बालेनलाई एउटा तबला उपहार दिएका छन् ।