

काठमाडौं। मंगलबार नेप्से परिसूचक ११.६८ अंकले बढेर १,९२७.२८ बिन्दुमा पुगेको छ। अघिल्लो दिन नेप्से परिसूचक ७७.०१ अंकले घटेको थियो। नेप्से बढेपनि आज कारोबार रकम घटेको छ। अघिल्लो दिन दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम एक अर्ब ७० करोड ७७ लाख ५२ हजार रुपैयाँ पुगेको छ।
आज कुल २२६ किसिमका धितोपत्र तथा ऋणपत्रको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा १४६ वटाको मूल्य बढेको छ भने ६२ वटाको मूल्य घटेको छ। आज सबैभन्दा धेरै सप्तकोशी विकास बैंकको ९.३५ प्रतिशतले मूल्य बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ८.२२ प्रतिशतले बढेको छ। त्यस्तै, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको भने सबैभन्दा धेरै ४.६५ प्रतिशतले घटेको हो।
आज कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै होटल एन्ड टुरिजमको १.६५ प्रतिशत, फाइनान्सको १.३९ प्रतिशत र हाइड्रोपावरको १.३८ प्रतिशतले मूल्य घटेको हो। कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै अरुण काबेली ७ करोड ९५ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि गुँरास फाइनान्सको ७ करोड ६० लाख ४० हजार रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ४० लाख १७ हजार रुपैयाँ, युनाइटेड आइडिआई मार्दी आरबी हाइड्रोपावरको ५ करोड ९३ लाख ६४ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ५ करोड ९३ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७