

काठमाडौं । राष्ट्रिय युवा संघले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय (चालक अनुमतिपत्र) घेराउ गरेका छन्। बिचौलियाले कार्यालय सञ्चालन गरेको आरोप लगाउँदै चालक अनुमतिपत्रमा अनियमितता, ढिलासुस्ती र लापरबाहीविरुद्ध संघले आवाज उठाएको हो। सवारी सञ्चालन अनुमतिपत्र वितरणमा हुँदै आएको अनियमितता, ढिलासुस्ती र लापारबाहीले सर्वसाधारण आजित भएको युवा संघले ठहर गरेको छ। लाइसेन्सका लागि आवेदन फाराम भर्दाको दिनदेखि लाइसेन्स प्राप्त गर्दाको दिनसम्म सेवाग्राहीले व्यहोर्नुपर्ने झन्झट र सास्तीपूर्ण व्यवहार अत्यन्त खेदजनक रहेको राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेलले बताए।
उनले भने, ‘पाइलेपिच्छे बिचौलियाको चलखेल, आर्थिक अनियमितताका कारण पहुँचविहीन नागरिक चरम सास्ती खेप्नुपरेको छ।’ सेवा ग्राहीप्रतिको व्यवहार र कार्यालयको जनहितविपरीतको कार्यले आमनागरिक र राज्यप्रति नकारात्मक भाव फैलिएको उनले बताए। उनको यो भनाइलाई ७ असारमा यातायात व्यवस्था सेवा कार्यालय एकान्तकुनाका १३ जना कर्मचारी ५ बिचौलिया गरी १७ जनाविरुद्ध अख्यिारले विशेष अदालतमा हालेको मुद्दाले पनि पुष्टि गरेको छ। एक व्यक्तिको नाममा रहेको लाइसेन्स अर्को व्यक्तिको नाममा जारी गरेको प्रकरणमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा हालेको हो।
अनलाइन सिस्टमको दुरुपयोग गर्दै बिचौलियासँग मोटो रकम लिएर यातायातका कर्मचारीहरूले ५ सय ३३ वटा नक्कली लाइसेन्स जारी गरिएको थियो।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७