TRENDING

बाबुराम भट्टराई पक्षको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । काठमाडौंमा बस्ने बैठक भोलि बुधबारसम्म चल्नेछ। अर्का अध्यक्ष यादवले भने असार बुधबार र बिहीबार वीरगञ्जमा बैठक बोलाएका छन् ।
पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु पुगिसकेका छन्। यद्यपि, जसपामा भट्टराई भन्दा यादव पक्षको बहुमत देखिन्छ। जसकारण पनि पार्टी यादवको पक्षमा आउने निश्चित छ।