

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् । बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ ।
हिजोको बैठकमा संस्थापन इतर समूहका डा. शेखर कोइरालाले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराएका थिए । ध्यानाकर्षणमा पार्टी विधि अनुसार चल्न नसकेको, पार्टीका संगठनहरुप्रति सभापति बेखबर जस्तो रहेको, चुनावी तालमेलले कांग्रेसलाई भन्दा अरू गठबन्धन दललाई मात्र फाइदा पुगेको र अबको चुनावमा चुनावी तालमेललाई पुनर्विचार गर्नुपर्नेलगायतका विषयवस्तु उठाएका थिए ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७