TRENDING
होमपेज
गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल


काठमाडौं। गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ ।
नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् । सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदो मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउनुपर्ने भएकाले चुनावको मिति घोषणाअघि नै विधेयक पारित गर्न सरकारले तयारी थालेको छ । बिहान प्रचण्डलाई भेट्न गृहमन्त्री खाण खुमलटार पुग्नु भएको थियो ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७