TRENDING
होमपेज
कर्णालीका अर्थमन्त्री विष्टलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


काठमाडौं। कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बिन्दमान विष्ट अस्वस्थ भएका छन् । अवस्थामा सुधार नआएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । विष्टको सचिवालयले चिकित्सकको सल्लाहअनुसार उनलाई सोमबार बिहान हवाईजहाजमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको जनाएको छ ।
सचिवालयका अनुसार, विष्टलाई अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । विष्ट बजेट निर्माण गर्ने समयदेखि नै अस्वस्थ थिए । उनको फोक्सो र घाँटीमा समस्या रहेको बताइएको छ । दुई दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको हो ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७