

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी साता प्रतिनिधि सभाको चुनाव घोषणा हुने बताएका छन् । साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने तयारी भएको उनले बताए । सोमवार ललितपुर क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा महामन्त्री थापाले चुनाव मिति घोषणा हुन बाँकी रहेको ८ दिनमा मतदाता नामावली संकलनको काममा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
‘साउनको ४ या ५ गते मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्छ । मंसिरको ४ या ५ मा चुनाव हुन्छ । बाँकी रहेको यो ७-८ दिन मतदाता नामावली संकलनमा जुट्नुस्,’ थापाले भने । महामन्त्री थापाले यसपटकको चुनावमा कांग्रेसले जनताको जीवनमा सुधार ल्याउने विश्वास दिलाउन सके जनताको मत र मन दुवै जित्ने बताए । महामन्त्री थापाले आज शुरु हुने केन्द्रीय समिति बैठकमा पार्टीलाई प्रभावकारी बनाउने विषयमा जमेर छलफल गर्ने बताए । ‘हामी माथि चुक्यौँ भने त्यसको प्रभाव तल पनि पर्छ । भातृ संगठनको पदाधिकारी टुंगाउनेलगायत विषयमा सभापतिसँग हिजो पनि कुरा भएको छ, आज पनि छलफल गर्छौं,’ थापाले भने ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७