TRENDING

रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि असार १३ गतेबाट आइपीओ जारी गरेको छ । कम्पनीले स्थानीयलाई ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा आवेदन दिने अन्तिम म्याद आज असार २७ गते रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार भाद्र १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका बासिन्दालाई निष्कासन गरेको हो ।

साथै, यसमा प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्य सिद्धार्थ क्यापिटलले गर्नेछ । त्यसैगरी, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।