

एजेन्सी।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पूर्वआर्थिक प्रमुख केन रोगफले अमेरिकामा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएका छन् ।केनले अमेरिकी अर्थतन्त्र अब एकपटक मन्दीमा नपुगी मुद्रास्फ्रीति नियन्त्रण गर्न असम्भव रहेको बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकी फेडरल रिजर्भ बैंकले कि त तत्कालै मुद्रास्फीति नियन्त्रणमा गर्नुपर्छ कि त आर्थिक मन्दीमा जान तयार हुनुपर्छ ।’
केनले मन्दीमा जानुभन्दा मुद्रास्फीति नियन्त्रण गर्नु नै उचित विकल्प हुन सक्ने बताएका छन् । ‘फेडरल रिजर्भ बैंकले समयमै बुझ्नेछ र तीव्रगतिमा बढिरहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्नेछ ।’ केनले अमरिकाले हाल चलेको रुस–युक्रेन युद्धका कारण अमेरिकामा मन्दी आउन सक्ने पनि चेतावनी दिए । ‘रुस र युक्रेनको लामो युद्धले विश्वव्यापी खाद्यसंकट बढेको छ र इन्धनको मूल्यवृद्धिले अमेरिकालगायत मुलुकहरु आर्थिक मन्दीको चपेटामा परेका छन्’, उनले भने । अमेरिकाको ४० वर्षको इतिहासमै अहिले मुद्रास्फीति उच्च विन्दुमा पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७