TRENDING

बञ्चरेडाँडा जाने सडक बिग्रिएपछि टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा प्लाष्टिकले छोपेको छ। महानगरले जीवातु (जैविक तरल पदार्थ) हालेर फोहोर छोपेको वातावरण विभागअन्तर्गत नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले बताएका छन्।

अहिले झरीले बञ्चरेडाँडा जाने सडक बिग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेका कारण टेकुको फोहोर छोपिएको उनले बताए। उनी भन्छन्, ‘पानी परिरहेको छ, त्यसैले दुर्गन्ध फेलिएर स्थानीयलाई समस्या नहोस् भनेर औषधि हालेर फोहोर छोपिएको हो।’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का सचिवालय सदस्यका अनुसार अहिले फोहोर भरिएका १५० भन्दा धेरै गाडी झरीले बञ्चरेडाँडा जान सकेका छैनन्। झरीका कारण फोहोर जान नसकेसँगै टेकुमा माघदेखिको फोहोर जम्मा भएको छ।