

बाजुरा। बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का(कुँवर) निर्वाचित हुनुभएको हो । बानियाँले चार हजार ७७७ मत तथा कुवँरले चार हजार ७२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका रङ्गबहादुर खाती तीन हजार ७७४ मत ल्याएर पराजित हुनुभयो ।
उपप्रमुखमा कांग्रेसकै रिता शाही तीन हजार ७५५ मत ल्याएर पराजित हुनुभएको कठायतले बताउनुभयो । विजयी नगरप्रमुख बानियाँ र उपप्रमुख कुँवर २०७४ सालको स्थानीय चुनावमा सोही पदमा कांग्रेसका दीपक विक्रम शाह र तारा खातीसँग पराजित हुनुभएको थियो । कांग्रेसले दुवै पदमा नयाँ अनुहारलाई टिकट दिएको थियो भने एमालेले २०७४ सालका उम्मेदवारलाई नै टिकट दिएको थियो । दश वडा रहेको नगरपालिकामा सातमा एमाले तथा तीनमा कांग्रेस विजयी भयो । एमालेले १, २, ३, ५, ६, ९ र १० वडामा जितेको छ भने कांग्रेसले ४, ७ र ८ मा जितेको छ । विसं २०७४ मा ६ वडामा मात्र एमाले विजयी भएको थियो । नगरपालिमा १३ हजार ६५९ मतदाता थिए । ६६.८३ प्रतिशत अर्थात् नौ हजार १२८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभयो ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७