

काठमाडौं। गायिका इन्दिरा जोशीलाई गीत चोरीको आरोप लाग्यो। उनले केहीदिन अघि मात्र सार्वजनिक गरेको ‘पछ्यौरी’ बोलको गीत अमेरिकी गायक जेसन डेरुलोको ‘टक डर्टी’सँग मिलेपछि उनको आलोचना भयो। गीतलाई लिएर इन्दिराको आलोचना हुने क्रम रोकिएको छैन। इन्दिराले भने उक्त गीत नचोरेको बताएकी छिन्। उनले चोरीको आरोप लगाउनेले बुझ्न नसकेको प्रतिक्रिया दिएकी छिन्। गीतमा प्रयोग भएको टोन १२ वर्षअघि नै विश्वव्यापीरुपमा स्टाइलका रुपमा प्रयोग भएको उनको तर्क छ।
यो टोनको स्टाइल विश्वका धेरै गायक गायिकाले पछ्याएको बताउँदै इन्दिराले आफूले पनि त्यहि स्टाइल पछ्याएको बताउँछिन्। उनी भन्छिन् ‘पप भनेको पपुलरको छोटो रुप हो। पपुलर भएपछि त्यो स्टाइल बन्छ।’ विदेशीले त्यही टोनको फलो गर्दा स्टाइल हुने नेपालीले गर्दा चोरीको आरोप लाग्ने कुरालाई आफूलाई दुखी बनाएको इन्दिराले बताइन्।
उनी भन्छिन् ‘गीतको टेक्चर मिल्न गएको छ। तर, जेसनको गीतमा ट्रम्प पेट प्रयोग गरिएको छ, मेरोमा सेक्सोफोन। नोट, बाजा नै फरक छ। तर स्टाइल एउटै हो।’
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७