

एजेन्सी। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन्। प्रदर्शनकारीले आफ्नो सरकारी निवासमा आक्रमण गरी प्रधानमन्त्रीको घरमासमेत आगजनी गरेपछि आफूले राजीनामा दिने घोषणा गरेका हुन्। संसदका सभामुख महिन्दा यापा अबेवर्देनाका अनुसार राजापाक्षेले आगामी जुलाई १३ मा राजीनामा दिने भएका छन्। प्रधानमन्त्री विक्रमासिंघे पनि राजीनामा दिन सहमत भएका छन्।
सभामुख महिन्दा यापा अबेवर्देनाले एक भिडियो सन्देशमा राजापाक्षेले बुधवार आफ्नो पदबाट राजीनामा दिने जानकारी गराएको बताएका हुन्। राष्ट्रपतिले शान्तिपूर्वक शक्ति हस्तान्तरण सुनिश्चित गर्न पद त्याग गर्ने निर्णय गरे र जनतालाई कानूनको सम्मान गर्न आह्वानसमेत गरेको सभामुखले जानकारी दिएका छन्। ‘१३ जुलाईमा राष्ट्रपतिले पद त्याग गर्ने निर्णय शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्न लिइएको हो,’ अबेवर्देनाले भिडिओ सन्देशमा भनेका छन्, ‘त्यसैले म जनतालाई कानूनको सम्मान गर्न र शान्ति कायम गर्न अनुरोध गर्दछु।’ प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन तयार रहेको उनको कार्यालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
To ensure the continuation of the Government including the safety of all citizens I accept the best recommendation of the Party Leaders today, to make way for an All-Party Government.
To facilitate this I will resign as Prime Minister.
— Ranil Wickremesinghe (@RW_UNP) July 9, 2022
राजधानी कोलम्बोमा महिनौंदेखि चलेको आर्थिक संकटको विरोधमा राजापाक्षेलाई राजीनामा दिन आह्वान गर्दै हजारौं मानिस राजधानी कोलम्बोमा आएका थिए। ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटको बीचमा श्रीलंकाले अत्यधिक मुद्रास्फीतिको सामना गरिरहेको छ र खाद्यान्न, इन्धन र औषधि आयात गर्न संघर्ष गरिरहेको छ। विदेशी मुद्रा सकिएपछि निजी सवारीसाधनका लागि पेट्रोल र डिजेल बिक्रीमा प्रतिबन्ध लगाएपछि इन्धनका लागि दिनभरको लाइन लाग्ने गरेको छ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७