

काठमाडौं। गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को ‘टिजर’ सार्वजनिक भएको छ। नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो।
फिल्ममा नेपालीहरूको अमेरिका मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ। फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिँदैछन्। रमेश बिजीको कथामा बनेको फिल्म रिमा इन्टरटेन्मेन्टले निर्माण गरेको हो। नारायणकै निर्देशनमा बनेको फिल्म ‘परदेशी’ व्यवसायिक रूपमा सफल भएको थियो। फिल्मका गीत आज पनि उत्तिकै रुचाइन्छ। ‘परदेशी’मा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा देखिएका थिए भने फिल्मका गीतमा स्वर पनि दिएका थिए।
लोक संगीतको पृष्ठभूमिबाट आएका लेखक, निर्देशक तथा कलाकार भएकाले ‘परदेशी २’ का गीतमा पनि लोक तथा झ्याउरे ‘फ्लेवर’ आउने देखिन्छ। फिल्ममा रहेका गीतको केही अंश टिजरमा पनि देखिएको छ। फिल्ममा प्रकाश बाहेक दिलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। अघिल्लो फिल्मका मुख्य नायक प्रशान्त पनि ‘केमियो’ रोलमा देखिनेछन्। फिल्म दशैँको छेको पारेर असोज १४ देखि प्रदर्शनमा आउनेछ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७