

काठमाडौं। अभिनेत्री नीता ढुंगाना तथा अभिनेता ज्योतिष हरिहर अधिकारी आज शुक्रवार वैवाहिक जीवनमा बाँधिदैछन् । लामो समयदेखि प्रेममा रहेका नीता र हरिहरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । पछिल्लो एक सातादेखि अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमा विवाहअघिका विभिन्न समारोहका तस्बिरहरु शेयर गरिरहेकी छिन् । उनले शेयर गरेका तस्बिरहरुमा उनका नजिकका साथी तथा परिवारका सदस्यहरु देखिन्छन् । नीताले ब्याच्लर पार्टी तथा मेहन्दी समारोहका तस्बिरहरु सार्वजनिक गरेकी हुन् । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता रहेको थियो ।
शुक्रवार काठमाडौंको एउटा पाँच तारे होटलबाट सम्पन्न हुने वैवाहिक समारोहमा पनि नीता तथा हरिहरले परिवारका सदस्य तथा निकटका साथीभाइलाई मात्र बोलाएका छन् । पर्सि आइतबार साँझ उनीहरु दुबैले पाँच तारे होटलमै रिसेप्सन राखेका छन् । उक्त पार्टीमा भने चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरुका साथै सञ्चारकर्मीहरुको समेत उपस्थिति रहनेछ । नीता र हरिहरलाई कलाकर्मी परिवारको तर्फबाट सुखद वैवाहिक जीवनको शुभकामना ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७