TRENDING
होमपेज
कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवा सहभागी नहुने


काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बस्ने कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन । व्यस्तताका कारण देउवा बैठकमा उपस्थित हुन नसक्ने बताइएको छ। बैठकको नेतृत्व कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन । कांग्रेस मंगलबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको छ।
बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा आउँदो निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले गएको स्थानीय तहको निर्वाचनको समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७