

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आब्हान गरेका छन । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७/२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।
‘पार्टीका पछिल्लो अवस्थाबारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने । उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।
आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीन जना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएपछि जसपा नेपाल थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७