

काठमाडौं । सत्तारूढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । मुख्यमन्त्री हेरफेर र समसामयिक विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो ।हाल एकीकृत समाजवादीको तर्फबाट प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री छन ।
बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्तारूढ नेपाली कांग्रेस र माओवादीले हस्ताक्षर अभियान चलाएको चर्चाबीच बैठक बसेको हो । यसअघि बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । केही दिन पहिले उक्त पत्र समेत सार्वजनिक भएको थियो । तर, एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रीय निर्णयबाट प्रदेश सरकार बनेको भन्दै केन्द्रबाट निर्णय नहुन्जेल सरकारको नेतृत्व नछाड्ने निर्णय गरिसकेको छ । बागमती छाड्नुपरे सुदूरपश्चिममा आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने एकीकृत समाजवादीको भनाइ छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७