TRENDING
होमपेज
डेनमार्कको एक सपिङ मलमा बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गयो


डेनमार्क । डेनमार्कको एक सपिङ मलमा गोलाबारी भएको छ । बन्दुकधारीले चलाएको गोली लागेर तीन जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । दक्षिण कोपनहेगनमा रहेको फिल्ड्स मलमा गोलाबारी भएको हो ।
घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले २२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटना पछि प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रुर आक्रमण भोगेको बताएका बीबीसीले जनाएको छ । फिल्ड्स मलमा १ सय ४० भन्दा धेरै पसल र रेस्टुरेन्ट छन् । यो मल कोपनहेगनको बाहिरी भागमा छ र यो सहरको केन्द्रसँग जोडिने सबवे लाइन नजिकै रहेको खबरमा उल्लेख छ । डेनमार्कमा पछिल्लो पटक सन् २०१५ मा आक्रमण भएको थियो ।कोपेनहेगनको एउटा सांस्कृतिक केन्द्र तथा सभा घरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७