TRENDING

अपर सोलु हाइड्रोको आइपीओ आजबाट आउँदै

काठमाडौं । अपर सोलु हाइड्रोको आइपीओ आज असार २० गतेबाट निष्कासन हुँदैछ । यस कम्पनीले सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन हुनेछ ।

जसमा (५ % ) ९७ हजार ८७५ कित्ता सामुहीक लगानी कोष र (२% ) ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । असार २० गतेदेखि खुल्ने यस आइपीओमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

अपर सोलुको आइपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलुको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी प्लस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।