

काठमाडौं । भारत सरकारले ७५ वटा एम्बुलेन्स र १७ वटा बस प्रदान गरेको छ । अनुदान सहायताअन्तर्गत नेपालका विभिन्न संघ संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको हो ।
विभिन्न जिल्लामा स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा कार्यरत विभिन्न सरकारी,गैरसरकारी तथा गैर नाफामूलक संस्थालाई काठमाडौंस्थित राजदूतावासले ती एम्बुलेन्स र बस प्रदान गरेको हो ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले ती सवारी साधनको साँचो बुझाइएको हो । आजको एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउने क्रममा आयोजना गरिएको हो ।भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवको एउटा हिस्साको रुपमा कार्यक्रम गरिएको भारतीय दूतावासले जनाएको छ ।
सन् १९९४ यताको २८ वर्षमा भारतले नेपालका विभिन्न संघ संस्थालाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७