TRENDING
होमपेज
खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैँजू चयन


खोटाङ। खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैँजू चयन हुनुभएको छ । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनले सैँजूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भीषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा शैलेन्द्र बजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरूमा रसा प्रदान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश बजिमय र सन्तोष जोशी रहनुभएको छ । तीन जना सदस्यलाई भने जिल्ला कार्यसमितिको पहिलो बैठकले मनोनित गरेर ल्याउने जनाइएको छ ।
एकेडेमीको प्रथम साधारणसभा तथा अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गर्नुभएको थियो । जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका विभिन्न फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो । खेल क्षेत्रको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको एकेडेमीले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यावसायिक बनाउने उद्देश्यले नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालिम दिँदै आएको छ । एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ ।
गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालिमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले व्यहोर्ने गरी काठमाडौँको नयाँ बानेश्वरस्थित प्रिमियर कलेजले लगेको छ । विगत तीन वर्षदेखि निरन्तर तालिम गराउँदै आएको एकेडेमीबाट गत वर्ष नै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताउनुभयो । यसअघि एकेडेमीमा तालिम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लबबाट १८ वर्षमुनिका खेलाडी समूहमा आवद्ध छन् । जिल्लामा फुटबल खेलको व्यावसायिक विकासमा लागेको एकेडेमी जिल्ला लिगमा दोस्रो भएको थियो । एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ ।
लिभरपुल फ्यान्स नेपालले गत यस वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र १० फुटबल उपलब्ध गराएको अध्यक्ष सैँजूले बताउनुभयो । जिल्लामा फुटबल खेलप्रति बालबालिका आकर्षित भए पनि सम्बन्धित निकायले चासो नदिएको सरोकारवाला पक्षले आरोप लगाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा जिल्ला खेलकुद विकास समिति क्रियाशील रहे पनि फुटबल खेललाई चासो नदिएको खेलाडीको गुनासो छ ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७