TRENDING

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मुल्यसुची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलुको मूल्य प्रतिकेजी ४८ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १३० रुपैयाँ र केरा दर्जनको १३५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ४५ रुपैयाँ, कागती १४५रुपैयाँ, कुरिलो २१० रुपैयाँ र लोकल सानो गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ । त्यस्तै कागती १३०, हरियो खुर्सानी १००, खुर्सानी सुकेको ३७०, जुनार २०० रुपैया तोकिएको छ ।