

एजेन्सी । भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ। कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन्। यही टुरका दौरान उनीमाथि उजुरी परेको हो। कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ। यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो।
साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो। सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए। जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन्। अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए। जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए। ‘तर न उनले कुनै प्रस्तुती दिए, न त कुनै कुराको उत्तर नै दिए। अदालत जानुअघि मैले उनलाई कैयौंपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन्।
जेटलीका अनुसार अहिले पनि यो मामला न्यूयोर्क अदालतमा छ। उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन्।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७