TRENDING

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार (आज) बस्दैछ । बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्नेगरी तय भएको छ । महाधिवेशन सम्पन्न भएपछि पटक–पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठकमा चुनावी समीक्षा,पदाधिकारीको पूर्णता,आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।

महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।