TRENDING

रञ्जु दर्शनाले काठमाडौं-५ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएर स्वतन्त्र भएकी रञ्जु दर्शनाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले आफू काठमाडौं–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने आधिकारिक रूपमा जानकारी गराएकी हुन ।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, रञ्जुले शनिबार राति फेसबुकमा लेखेकी छन, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु ।’

उनी ०७४ को स्थानीय चुनावमा काठमाडौंको मेयर उठेकी थिइन । जहाँ रञ्जु नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन । सो निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन ।