

धादिंग । जिल्ला युवा समिति धादिंगको आयोजनामा युवा स्वयंसेवक समिति गठन एवं एक दिवसिय तालिम कार्यक्रम आज सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद् बागमती अन्तर्गत जिल्ला युवा समितिले सदरमुकाम धादिंगबेशीमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमले जिल्ला युवा समिति धादिंगका अध्यक्ष सुनिता सिंखडाको संयोजकत्वमा २० सदस्यीय जिल्ला युवा स्वयंसेवक समितिको गठन गरेको छ । समितिमा रेडक्रस, पत्रकारका साथै नेपाल स्काउट धादिंग, राजनितिक दल र सामाजिक संघसंस्थाका प्रतिनिधि युवाहरु स्वयंसेवकका रुपमा रहनुभएको छ ।
समितिका स्वयंसेवक युवाहरुलाई प्रशिक्षक रमेश अधिकारीले विपद् व्यवस्थापन र स्वयंसेवाका विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति धादिंगका उपप्रमुख कुलमान वि.क.ले स्वयंसेवकका रुपमा युवाको भुमिकाका साथै जिल्ला युवा समिति र जिल्ला समन्वय समितिका आगामी कार्ययोजना लगायतका विषयमा स्पष्ट पार्नुभएको थियो । जिल्ला युवा समिति र यसको औचित्यका विषयमा समितिका अध्यक्ष सुनिता सिंखडाले बताउनुभएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७