TRENDING
होमपेज
युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, २१ जनाको मृत्यु


काठमाडौं– युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन्। पछिल्लो घटनामा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ।
देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो। आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए। उक्त भवन अहिले क्षतिग्रस्त भएको छ । स्थानीय समय अनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो। घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन्।
रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण पनि अस्वीकार गरेका छन्।
कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दाबी छ। गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ। आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७