

बन्दिपुर । बन्दिपुर गाउँपालिका–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा हुने भएको छ । उक्त वडास्थित धरमपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्र्तगत रु दुई लाख १३ हजार ५०० मा मेसिन खरिद गरी स्थानीय १२ लाई तालिम प्रदान गरिएको हो । तालिमबाट सीप सिकेका जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिम पश्चात चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
अहिले दैनिक ५०/६० जोर चप्पल उत्पादन हुने गरेको छ । उहाँले भन्नुभयो, “उत्पादित चप्पल कोसेली घरमा पनि राखेर प्याकेजिङको रुपमा बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ ।’’ उत्पादित बस्तु बिक्री वितरण र बजारीकरणको लागि गाउँपालिका कार्यालयको भूमिका रहने उहाँले बताउनुभयो । बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चार सिलाइ कटाइ मेसिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालयले बन्दिपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गर्नको लागि सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम गरिरहेको उहाँले बताउनुभयो । टपरी बनाउनको लागि १२ जनालाई सहभागी गराएर तालिम प्रदान गरिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७