TRENDING

शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । घटेको मुल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।