

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सहमतिमै हस्ताक्षर संकलन भइरहेको बताए। प्रेस युनियन महाधिवेशन तयारी सचिवालय अगाडि संक्षिप्त कुराकानी गर्ने क्रममा उनले मुख्यमन्त्री फेर्ने हस्ताक्षर अभियानमा एकीकृत समाजवादीका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेको सहमति रहेको बताए।
उनले भने, ‘यो प्रक्रियाअनुसारको क्रिया हो। उहाँको सहमति अनुसार हस्ताक्षर संकलन भइरहेको छ।’ उनले प्रदेश प्रमुख समक्ष बुझाउनका लागि हस्ताक्षर संकलन भइरहेको दाबी गरे। उनले थपे, ‘यो अभियान होइन, प्रक्रिया हो। उहाँ (पाण्डे)ले राजीनामा दिन पनि हस्ताक्षर चाहियो नि?’ पहिले पाण्डेलाई जसरी मुख्यमन्त्री बनाइएको हो, त्यसरी नै फिर्ता गर्न हस्ताक्षर संकलन थालिएको उनको भनाइ छ।
केही दिनअघि मात्रै कांग्रेसले आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति पत्र सार्वजनिक गरेको थियो। उक्त सहमतिअनुसार पाण्डेले मुख्यमन्त्री छाड्नुपर्ने दबाब कांग्रेस र माओवादी केन्द्रका नेताहरुको छ। तर, एकीकृत समाजवादीले भने केन्द्रीय भागबन्डा अन्तर्गत बागमती प्राप्त भएको बताउँदै स्थानीय सहमतिको अर्थ नहुने जनाएको छ। समाजवादीले बागमती गुमाउँदा सुदूरपश्चिम पाउनुपर्ने दाबी गर्दै आएको छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७