TRENDING
होमपेज
महिला साफ फुटबल काठमाडौंमा गर्ने तयारी


काठमाडौं। नेपालले महिला साफ फुटबल प्रतियोगिता आयोजना गर्ने प्रस्ताव पेश गर्ने भएको छ। आगामी संस्करणको महिला साफ फुटबल काठमाडौंमा आयोजना गर्ने औपचरिक प्रस्ताव एन्फाले साफ कंग्रेसमा पेश गर्न लागेको हो।दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कंग्रेस आगामी शनिबारदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुँदैछ। उक्त कंग्रेसमा नेपाललको तर्फबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यो प्रस्ताव प्रस्तुत गर्दैछन्।
उक्त साफ कंग्रेसमा नेपालबाट महासचिव राईसँगै, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्वसदस्य विकास नारायण श्रेष्ठले सहभागिता जनाउँदैछन्। कंग्रेसमा नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका गरी पाँच देशका प्रतिनिधिले मात्र सहभागिता जनाउँदैछन्। छैठौँ संस्करणको महिला साफ फुटबल प्रतियोगिता सन् २०२२ मा नै गर्ने आयोजक दक्षिण एशियाली फुटबल महासंघको पूर्वतालिका छ। यसअघिको साफ बैठकले यो प्रतियोगिता नेपालमा आयोजना गर्न प्रस्ताव गरेको थियो।
यसअघि सन् २०१९ मा भएको पाँचौँ संस्करणको साफ पनि नेपालले नै आयोजना गरेको थियो। उक्त साफमा भारतसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७