

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय एकता अभियान पार्टीका अध्यक्ष वामदेव गौतम बालकोट पुगेका छन । उनी ओलीसँगको भेटवार्ताका लागि उनी बालकोट पुगेका हुन् ।बिहीबार बिहान बालकोट पुगेका गौतम १ घण्टायता एमाले अध्यक्ष ओलीसँग छलफलमा रहेको नेकपा राष्ट्रिय एकता अभियान पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
गौतमले मंगलबार नयाँ पार्टी घोषणा गरेका थिए । विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठित गर्ने उद्देश्यका साथ उनी एमाले अध्यक्ष ओलीसँगको छलफलका लागि बालकोट पुगेको बताइएको छ ।
पार्टीको सबैभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुनर्गठित गर्नु भएको बताइएको छ । आगामी चुनावअघि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७