TRENDING

डा. शेखर कोइराला समूह बैठक बस्दै

काठमाडौं । महाधिवेशन सकिएको यतिका महिना बित्दा पनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विधि अनुसार नचलेको भन्दै डा. शेखर कोइराला नेतृत्वको समूहले आपत्ति जनाएको छ । विधि र विधान उल्लंघन सुरु गरेको भन्दै कोइराला नेतृत्वको समूह देउवाविरुद्ध उत्रने तयारीमा लागेको छ । पार्टीको नीति महाधिवेशनमा चासो लिएको नदेखिएको र विधान उल्लंघन सुरु भएकाले रणनीति बनाउनेगरी अघि बढ्न लागेको कोइराला समूहका एक नेताले बताए ।

महाधिवेशनपछि नै देउवासँग असन्तुष्ट रहदै आएको कोइराला समुहले पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्दा पनि आफ्नो पक्षलाई छलफलमा नबोलाएको र मनोमानी गरेको आरोप लगाएको छ ।

अब कोइराला समूह देउवालाई विधान कार्यन्वयन गराउँन दबाब दिने तयारीमा छ । यसै कारण कोइराला समूहले आगामी चुनावको तयारी र भातृ संस्था गठन तथा विस्तार बषयमा छलफल र देउवालाई विधि अनुसार चल्न दबाब दिन छुटटै छलफल गर्दैछ ।भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डम दिउँसो ३ बजे आयोजना गरिएको छ ।