

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् ।मंगलबार राति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसख्ग पराजित भइन् । सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ (१०–७) को सेटमा पराजित गरिन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसख्ग खेल्नेछिन् । एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना सात पटकको विम्बल्डन च्याम्पियन हुन् । गत वर्ष पनि चोटका कारण उनले विम्बल्डन प्रतियोगिता गुमाएकी थिईन् ।
त्यस्तै, विश्व नम्बर–१ महिला टेनिस खेलाडी इगा स्वातेक विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरिन् । त्यस्तै, पोल्यान्डकी स्वातेकले क्रोएसियाकी जाना फेटलाई ७४ मिनेट चलेको खेलमा ६–०, ६–३ ले मात दिइन् । पाख्चौं सीडकी मारिया सक्कारी, १२औं सीडकी जेलेना ओस्तापेंको, १३औं सीडकी बारबरा क्राजिकोभा, चौथौं सीडकी पाउला बाडोसा, पूर्व नम्बर–१ सिमोना हालेप, पूर्व च्याम्पियन पेत्रा क्विातोभा र १८ वर्षीय कोको गफ पनि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरिन् ।
लगातार तीन पटकका विजेता जोकोभिचलाई सुन वू नेले दोस्रो सेट कडा टक्कर दिएका थिए । सातपटक विम्बल्डनको उपाधि जित्ने अभियानमा रहेको जोकोभिच उक्त जितसख्गै चार ग्रान्ड स्लाममा ८० भन्दा बढी जित संख्या बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७