TRENDING

सशस्त्र प्रहरी बलका ३७ जना डीएसपीको बढुवा (नाम सहित)

काठमाडौं। सशस्त्र प्रहरी बल–एपीएफका ३७ जना नायब उपरीक्षक (डीएसपी) को उपरीक्षक (एसपी)मा बढुवा भएको छ । मङ्गलवार (आज) गृह मन्त्रालयले उनीहरूलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । एक साताअघि उनीहरूलाई एसपीमा बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको थियो । २०६० सालमा इन्सपेक्टर बनेकाहरूबाट पहिलो लटमा एसपीमा बढुवा भएको हो ।