

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने असार १४ गते अन्तिम दिन रहेको छ । बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गर्न लागेको हो ।
प्रतिकित्ता रू. एक हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । यो ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्मको अवधि तोकिएको थियो । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असार १४ गतेसम्म विक्री खुला गरिएको हो ।
यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई केयर रेटिङग नेपालले समयमै दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संकेत गर्ने केयर एनपी सिङ्गल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व क्षमता औसत रहेको समेत संकेत गर्दछ ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७