

एजेन्सी । इरान र अर्जेन्टिनाले ब्रिक्स समूहका जोडिनका लागि आधिकारिक निवेदन दिएका छन् । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका जस्ता शीर्ष अर्थतन्त्रहरूको समूह ब्रिक्समा जोडिन निवेदन दिइएको इरानको परराष्ट्र मन्त्रालयले सोमवार जनाएको छ । इरानका राष्ट्रपतिले गत साता ब्रिक्सलाई सम्बोधन गरेपछि इरानले निवेदन दिएको हो ।
ब्रिक्स सन्धिका आधारमा बनाइएको खेमा नभए पनि बृहत् पक्षहरू समेटेको सिर्जनात्मक संयन्त्र भएको उनको इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता सईद खातिबजादेले बताए । निवेदन दिनुअघि ब्रिक्ससँग अनेकौं छलफल गरेको उनी बताउँछन् । अर्जेन्टिनाले पनि ब्रिक्समा जोडिनका लागि निवेदन दिएको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पश्चिमको स्वार्थमा चल्ने संस्थाहरूको विकल्पका रूपमा सहकार्यात्मक संयन्त्रहरू निर्माण गर्नुपर्ने बताएका छन् ।
गत बुधवार ब्रिक्स बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स मुलुकहरूको मुद्रामा आधारित नउाँ विश्वव्यापी सञ्चिति मुद्रा बनाउने काम भइरहेको बताएका थिए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७