TRENDING
होमपेज
‘प्रसाद २’मा जोडिए राज कटुवाल


काठमाडौँ । अभिनेता तथा चलचित्र विकास बोर्ड सदस्य राज कटुवाल ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । राजले आफू फिल्म भित्र महत्वपूर्ण भूमिकामा लागि अनुबन्धित भएको जनाएका छन् । ‘मैले गर्न लागेको भूमिका एकदमै रोचक छ । फिल्मलाई लिएर उत्साहित छु,’राजले फिल्म गर्न लागेको पुष्टि गर्दै इकागजसँग भने । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा अनुबन्धित भइसकेको निर्माण टिमले जनाएको छ । पूर्व सम्झौता गरेका निश्चल बस्नेतले अन्तिम समयमा आएर फिल्म नगर्ने भएपछि निर्माण टिमले अर्पण थापालाई अनुबन्ध गरेको थियो । ‘प्रसाद’को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्मको सुटिङ यही हप्ताबाट पोखरामा सुरु गर्ने निर्माण टिमको तयारी छ । फिल्मको सुटिङ कास्कीको हेम्जाकोटमा हुनेछ ।
राजले यसअघि ‘लीला’ र ‘लाल्टिन’ आदि फिल्ममा काम गरेका छन् । राजले योबाहेक सुदर्शन थापालाई नै लिएर ‘राजा’ नाममा फिल्म बनाउने घोषणा गरेका छन् । राजले हाल यो फिल्मको लेखनको काम भइरहेको बताएका छन् । उनले दसैँ पछाडि सुटिङ गर्ने गरी तयारी भइरहेको बताए
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७