

काठमाडौं । वर्षाले बाधक बनेको खेलमा शुक्रबार युएईविरुद्ध पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो । सेमिफाइनलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरे पनि वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो । योसँगै नेपाल एसियन कप २०२३ का लागि छनोट हुन सकेन । समूह चरणमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई आठ विकेटले पराजित ग¥यो । तर अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भयो ।
पराजित भएसँगै नेपाल समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा समूह ‘ए’ को विजेता युएईविरुद्ध खेलेको थियो । वर्षाका कारण खेल अवरुद्ध भए पनि युएई समूह विजेता हुँदै प्रतियोगिताको नियमअनुसार फाइनल प्रवेश गरेको थियो । युएईले फाइनलमा मलेसियालाई हराउँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो । प्रतियोगितामा नेपालकी अश्मिना कर्माचार्य उत्कृष्ट बलर घोषित भइन् । सेमिफाइनलमा युएईविरुद्धको खेलमा पाँच विकेट लिएकी उनले प्रतियोगितामा जम्मा आठ विकेट लिइन् ।
यसैबीच सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निराश भए पनि प्रदर्शनमा भने सन्तुष्ट छन् । सोमवार स्वदेश फर्किपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अझै राम्रो गर्न सकिने भन्दै खेलाडीलाई धेरै भन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताइन् । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले जितेको म्याच नखेली आउनुपर्दा दुःख लागेको बताइन् । टोलीमा अहिले केही अनुभवि, राम्रो मिडल अर्डर र केही नयाँ प्रतिभावान खेलाडीसहितको मिश्रित टोली भएको भन्दै कप्तान रुबिना क्षेत्रीले निरन्तरको अभ्यास र धेरै भन्दा धेरै प्रतियोगितामा अवसर भए नेपाली महिला क्रिकेट टोली अगाडि बढ्ने बताइन् ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७