

एजेन्सी । अमेरिकाको राष्ट्रिय खेल बेस बल हो । तर, विश्व खेलकुदमा फुटबल र क्रिकेटको फ्यान फ्लोयिङको संख्या धेरै रहेको छ । विश्व खेलकुदमा जसै जसै फुटबल र क्रिकेटको फ्लोअर्सहरु बढ्दै छन् यसको प्रभाव पनि क्रमश बढ्दै जान थालेका छ । विगतमा युरोपका केही देशहरुमा मात्रै क्रिकेट खेलिन्थ्यो भने अहिले अरु देशहरुले पनि क्रिकेटमा लगानी गर्दै छन् ।
अर्को महादेश अमेरिकामा पनि अहिले क्रिकेटको चाम बढ्दै गएको पाइन्छ । अमेरिका अहिले आईसीसी विश्वकप लिग टू पनि खेलिरहेको छ । अमेरिकामा क्रिकेट कल्चर बढ्नुको अर्को कारण भनेको एशियाली महाद्वीप अझ भनौं भारतीय खेलाडीहरुको बाहुल्यता बढ्नु हो । भारतीय खेलाडीहरुमा रहेको क्रिकेट प्रतिको लगावका कारण अमेरिकामा क्रिकेटको माहोल बढ्न थालेको न्यूयोर्क टाइम्सले लेखेको छ ।
अमेरिका आफैमा आर्थिकरुपले सम्पन्न देश भएकाले पनि क्रिकेटमा लगानी पनि गरिरहेको छ । अमेरिकामा भारतीय मात्र नभई अन्य विदेशीहरुले पनि क्रिकेटको लोकप्रियता र विकासका लागि करिव १५ सय करोड नेपाली रुपैया -१२ करोड डलर) लगानी गर्ने तयारीमा रहेका छन् ।अमेरिकन क्रिकेट इन्टरप्राइज(एसईई)ले मेजर लिग क्रिकेटलाई व्यवसाहिक बनाउन उक्त रकम प्राप्त गरेको छ । २०२२–२०२३ को अन्त्यसम्ममा एमएलसीले टी–२० क्रिकटको रोमाञ्चकता अमेरिका ल्याउने तयारी गरेको छ । यसमा अमेरिका र विश्वभरका शीर्ष खेलाडीहरु समावेश गर्नेछ ।
समीर मेहता, विजय श्रीनिवासन, सत्यन गजवानी र वितीत जैन एसीईका संस्थापक हुन् ।
आईपीएल क्लब कोलकत्ता नाइटराइर्डसमा शाहरुख खानको संलग्रतापछि यो पैसा प्राप्त भएको हो । लगानीकर्ताहरुमा माइक्रोसफ्टका सिईयो सत्य नडेला, पेटिएमका संस्थापक विजयशेखर शर्मा, पूर्व ह्याट्सएपका कार्यकारी निरज अरोरा, फेसबुक र ड्रप बक्सका पूर्व सीटिओ आदित्य अग्रवाल र सिएटलमा आधारित मद्रोना भेन्चर समूहका एमडी समासेगर छन् ।
सिएटलकी सिभिक बडीकी अध्यक्ष क्लाउडिया बाल्डुचुलीका अनुसार आफ्नो व्यापारमा बृद्धिसँगै क्रिकेटप्रतिको चासो बढेको छ र धेरै मानिसहरु विश्वको दोस्रो लोकप्रिय खेलमा सामेल हुन चाहेका छन् ।
युएसटी ग्लोबलका बरिष्ठ ग्राहक साझेदार फणी चितनैनी बाल्यकाल देखि नै भारतको क्रिकेट खेल्दै आएका छन् ।
२१ वर्षअघि अमेरिका आएपछि पनि उनको क्रिकेटप्रतिको मोह घटेको छैन् । आज अमेरिकामा क्रिकेटको क्रेज बढ्दै गएको देखेर उनीहरु खुसी मात्र छैनन् तर उनीहरुले मानिसहरुलाई खेलसँग संलग्न हुन र यसको पूर्वाधार विस्तार गर्न पनि मद्दत गरिरहेका छन् ।
रंगशालामा लगानी बढ्दै
मेजर लिग क्रिकेटको लगानीको रकमबाट क्रिकेट रंगशाला र कोचिङ सेन्टर बनाइने छ जहाँबाट नयाँ पुस्ताका स्टार क्रिकेटर तयार हुनेछन् ।
सियाटलमा मेरिमुर क्रिकेट पार्क बन्ने भएको छ जहाँ विश्वकप लगायतका क्रिकेटका अन्य अन्तराष्ट्रिय प्रतियोगिता हुनेछन् । एमसीएलले अमेरिकामा क्रिकेटको सम्भावनालाई वास्तविकतामा परितणत गर्ने छ भनेर एक लागानीकर्ता समसेगर बताउछन् ।
सियाटल बन्यो अमेरिकाको क्रिकेट हव
नँया टोलीमा लगानी गरेका एरिक्सनका कार्यकारी सलमान ताज भन्छन्, सियाटलमा धेरै प्रविधिसँग सम्बन्धीत कम्पनीहरु आउँदैछन् । क्रिकेट खेल्ने र मन पराउनेहरुको जमात अहिले अमेरिकामा बढ्दै गएका छन् ।
एमसीएल टोली सियाटल थन्डरबोल्ट टेक्नोलोजी एक्जिक्यरटिभको लागानीमा निर्माण गरिएको हो जो अहिले क्रिकेटको प्रशंसक रहेका छन् ।
यसैबीच आईसीसीले टेक्सासको मोसा स्टेडियमलाई अनुमोदन गरेको छ । यो अमेरिकाको दोस्रो र विश्वको २१३औं अन्तराष्ट्रिय एकदिवसीय मान्यता प्राप्त क्रिकेट मैदान रहेको छ ।
मोसा स्टेडियममा हालै नेपालले अमेरिका र ओमानसँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेको छ ।
(एजेन्सीबाट, साभार)
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७