TRENDING

नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स–साना नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुर आसपास भइ बग्ने नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती प्रदेशको धेरै स्थानमा भारी तथा एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।